News From Us

28 Jul

होटल व्यवसायी संघको अध्यक्षमा गौतम

प्रदेश नम्बर दुई स्तरीय होटल व्यवसायी संघको कार्य समिति गठन गरिएको छ। महोत्तरीको बर्दिबास स्थित गौतम होटलका प्रमुख हिरालाल गौतमको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति गठन गरिएको हो।
बर्दिबासमा प्रदेश नम्बर २ का होटल व्यवसायीहरुको बृहत भेलाले सर्वसम्मत रुपमा गौतमलाई अध्यक्षमा छनौट गरेको हो। समितिको वरिष्ठ उपाध्यक्षमा रौतहटको होटल उदय प्लाजा चपुरका उदय सापकोटा, उपाध्यक्षमा सिरहाको होटल खुस्बु मिर्चैयाका विष्णु साह, महासचिवमा बाराको होटल सगुन सिमराका मोहन शर्मा, सचिवमा पर्साको होटल अमान प्यालेस वीरंगजका तबरेज आलम, कोषाध्यक्षमा सर्लाहीको नमस्ते होटल लालवन्दीका बैकुण्ठ सापकोटा चयन भएका छन्।
त्यसैगरि सप्तरीको राजविराज र धनुषाको जनकपुरको लागि क्रमसं सहसचिव र सहकोषाध्यक्ष चयन गर्न बाँकी रहेको छ। संघको सदस्यमा होटल शिषम हल बर्दिवास महोत्तरीका दिपेन्द्र पराजुली, होटल सिता प्यालेस चपुर रौतहटका राजेश साह, मनकामना होटल लाहान सिराहाका रामकुमार गुप्ता, होटल सिमरा ईन सिमरा बाराका गोविन्द गहतराज, होटल रानी पोखरी बिरगंज पर्साका छबीलाल उप्रेती, होटल सम्राट हरिवन सर्लाहीका फेकु श्रेष्ठ, होटल सुख सागर जनकपुरधामका दशरथ साहु रहेका छन्।
देश संघीयतामा गइसकेकाले आफुहरु पनि त्यही संरचनामा गएको संघले जनाएको छ। प्रदेश नं. दुईमा पर्ने महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीका गरी आठ जिल्लामा साना ठुला गरी दश हजार होटल रहेको होटल व्यवसायीहरु बताउँछन् । करिब ४० हजारले प्रत्यक्ष रोजगारी पाएको होटल व्यवसायीको दावी छ ।

Leave a Reply